Desh Deshawar – Jiba Lamichhane (देश देशावर – जीवा लामिछाने)

$19.99

अक्षरका माध्यमबाट संसार घुमाउने पुस्तक हो– देश देशावर, जसले संसार घुमाउँदै इतिहास सम्झाउँछ र भूगोलको दृश्यचित्र कोरिदिन्छ । आइसल्यान्डको सुन्दर भूगोल होस् या बर्मुडा ट्र्याङ्गलको तिलस्मी संसार, पुस्तकमा वर्णित दृश्यपरिदृश्यले पाठकलाई ब्याकप्याक बोकेर ती ठाउँको भ्रमणमा जाऊँजाऊँ बनाउँछन् । सँगै जातीय युद्धको विभीषिकाबाट गुज्रिएको रूवान्डा र राष्ट्रवादको फेरो समातेर तानाशाही टिकाएको इदी अमिनको युगान्डाले आफ्नो बिद्रुप इतिहासबाट माथि उठेर जसरी विकासको बाटो हिँडे, नेपालले पनि समृद्धिको बाटो समात्न सक्छ है भन्ने आशा पनि देखाउँछ । पुस्तकमा लेखकले कहिले विभिन्न देशका विशिष्टतासँग आफ्नो देशको स्थिति तुलना गर्छन् त कहिले हामीले पनि यस्तै गर्न पाए भनेर सपना देख्छन् । विश्वका अनेक भाषा, परम्परा, संस्कृति र दृश्यको स्वाद चखाउँदै तीसँग जोडिएका अनुभूतिलाई पनि सूक्ष्म रुपले अभिव्यञ्जित गर्छन् ।

 

 

Top